• Sunday 4th of October 2026

‘सँगै सुत्छौँ ताकि मर्दा पनि सँगै मरौँ’


  • धनकुटा खबर
  • .

गाजापट्टी । इजरायलबाट जारी हवाई आक्रमणबिच गाजाका बासिन्दाहरूले आफ्नो जीवनमा यस्तो ‘खराब समय’ कहिले पनि नदेखेको बताएका छन् । गाजाको पछिल्लो अवस्थाको बारेमा जानकारी दिँदै बुशा खालिदाले उनको परिवार वर्षौँदेखि गाजामा ‘तनाव’ को स्थितिमा बस्दै आएको बताइन् ।

उनले भनिन्, ‘वर्षौँदेखि हामी इजरायलको सेनाको तर्फबाट हुने नाकाबन्दी झेलिरहेका छौँ । उनीहरू हामीलाई बाहिर जान दिँदैनन् । पढाइका लागि पनि बाहिर जाने अनुमति छैन ।’

बीबीसीसँगै कुरा गर्दै उनले थपिन्, ‘यहाँ पानी छैन । बिजुली पनि छैन । इन्धन छैन । खाद्यान्न सकिन लागेको छ ।’ गाजामा यतिबेला मोबाइल सेवा पनि बन्द छ । उनले आफन्तसँग सम्पर्क पनि पाएकी छैनन् ।

‘मेरो परिवारले हामी सँगै सुत्नुपर्छ भन्छन् ताकि मर्‍यौँ भने साथमै मरौँ,’ उनले भनिन् । उनले पुरै जनसङ्ख्यालाई दण्डित गर्ने इजरायलको फैसला निकै क्रूर भएको र यसले आम नागरिकमा पारिरहेको असरबारे सोच्न सुझाइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖