• Tuesday 20th of October 2026

संसद् पुनर्स्थापनामा अडियो एमाले, ‘जनआन्दोलन’को तयारी सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज ३० । अधिकांश दल चुनावतिर उन्मुख भइरहेका बेला नेकपा (एमाले) भने संसद् पुनर्स्थापनाको एजेन्डा लिएर फरक कित्तामा उभिएको छ। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा ‘जनआन्दोलन’को तयारीका साथ संसद् पुनर्स्थापनाका लागि सडक संघर्षमा जाने प्रस्ताव अघि सारेका छन्।

ओलीको राजनीतिक दस्ताबेजमा देशलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन आन्दोलनको विकल्प नरहेको उल्लेख छ। प्रस्ताव स्वीकृत भए एमाले पुनः सडकमा उत्रिनेछ।

त्यसैबीच संसद् पुनर्स्थापनासम्बन्धी नौ रिट सर्वोच्च अदालतमा दर्ता भएका छन्, जसको प्रारम्भिक सुनुवाइ कात्तिक १२ मा तोकिएको छ। सभामुख देवराज घिमिरेले समेत यस विषयमा दलहरूसँग छलफल थालेका छन्, तर एमाले बाहेक अन्य दलहरू खुला समर्थनमा छैनन्।

विश्लेषकहरूका अनुसार सरकार चुनावको तयारीमा ढिलो भए संसद् पुनर्स्थापनाको माग फेरि बलियो हुन सक्छ र सर्वोच्च अदालतमाथि पनि निकास दिन दबाब पर्न सक्ने देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖