• Wednesday 21st of October 2026

बुद्ध एयरका मालिक बस्नेतले खोले नयाँ दल, नाम राखे ‘गतिशील लोकतान्त्रिक पार्टी’


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असोज । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् ।

बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टी हो । सो दल आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

बस्नेत भने पार्टीको सदस्यमात्रै छन् । उनको पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ ।

यस्तै, महासचिवमा पियुस कायस्थको नाम छ । पार्टीको चुनाव चिन्ह भने ‘दीपज्योति’ प्राप्त भएको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖