• Tuesday 20th of October 2026

मेयर बालेनको नेतृत्वमा महानगरले फिर्ता गर्‍यो २३ अर्ब मूल्य बराबरको सम्पत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज ३० – काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहको नेतृत्वमा सुरु गरेको ‘सार्वजनिक सम्पत्ति जनताको’ अभियानअन्तर्गत हालसम्म २३ अर्ब रूपैयाँभन्दा बढी मूल्य बराबरको २०८ वटा सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएको छ।

बालेनले सामाजिक सञ्जालमार्फत जनतासँग धन्यवाद व्यक्त गर्दै भनेका छन्, “हाम्रो लक्ष्य करिब ९ खरब मूल्य बराबरको ९ हजार ५२९ रोपनी १४ आना जग्गा फिर्ता गर्नु हो।” उनले यो अभियानलाई भ्रष्टाचारविरुद्धको ऐतिहासिक कदम भन्दै सम्पूर्ण काठमाडौंवासीको सहकार्यका लागि आह्वान गरे।

सार्वजनिक सम्पत्ति संरक्षणमा देखाएको दृढता र पारदर्शी कार्यशैलीका कारण बालेनको प्रशंसा सामाजिक सञ्जालमा व्यापक भइरहेको छ। नागरिकहरूले लेखिरहेका छन्, “कसैले नगर सरकार चलाउनुपर्छ भने यस्तो हो, बालेनले सम्भव देखाए।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖