• Tuesday 20th of October 2026

एमाले नेता बस्नेतलाई मन्त्री पुनले ‘हावा कुरा नगर’ भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ। एमाले नेता महेश बस्नेतले मन्त्रीहरुकाे सुविधाप्रति टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रतिक्रिया दिएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, ‘महेश भाइ, मलाई क्वाटर चाहिँदैन, मलाई गार्ड चाहिँदैन, म केशर शम्शेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमन्ड नगर, मेरो घर र मेरो गार्ड कहाँ छ देखाऊ, तथ्य नबुझीकन हावा कुरा नगर।’

मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा थपे, ‘म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है।

तीन-चार पटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ। अहिले सम्म खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’

यसअघि नेता बस्नेतले सेवा सुविधा नलिने घोषणा गरेका मन्त्रीहरूसँग मन्त्री सरहको घर–गाडी रहेको आरोप लगाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖