• Tuesday 20th of October 2026

मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ ? तथ्य नबुझिकन धेरै हावा कुरा नगर


  • धनकुटा खबर
  • .

एमाले नेता महेश बस्नेतले केही समयअघि नयाँ मन्त्रीहरूले गार्ड चाहिँदैन, क्वाटर चाहिँदैन, सेवा सुविधा गाडी नलिने भन्छन् उनीहरूसँग मन्त्रीको जत्तिकै सुविधा कहाँबाट आयो भन्दै प्रश्न गरेका थिए ।

उक्त भिडियो सेयर गर्दै शिक्षामन्त्री महावीर पुन भन्छन् –

“महेश भाइ, मलाई क्वाटर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ । म केशर शमशेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ । धेरै चुरीफुरी र घमण्ड नगर ।

मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझिकन धेरै हावा कुरा नगर । म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त । तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म ।

खाल्डोमा जाने काम पटक्कै नगर । तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖