• Tuesday 20th of October 2026

रास्वपामा गएर चुनाव उठ्नु नै मेरो सबैभन्दा ठूलो गल्ती भयो, राजनीतिको नाममा अब कतै पनि हाम फाल्दिनँः पूर्व डीआईजी खरेल


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जानु आफ्नो ठूलो गल्ती भएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका मान्छेहरु आफ्नो घरमा आएर ‘दाई उठिदिनुपर्यो’ भनेपछि आफू रास्वपाबाट चुनावमा उठ्न तयार भएको बताएका हुन् । उनले अब एउटा राम्रो टिम बनेको खण्डमा मात्रै सोची विचार गरी राजनीतिमा इन्ट्री गर्न सकिने उनले बताए ।

पूर्व डीआईजी खरेलले सुरुमा आफूले एउटा पार्टी खोले पनि त्यसमा सफल हुन नसकेको बताए । आफूालई आम नागरिकले नपत्याएको र त्यसपछि त्यो पार्टीबाट पनि राजीनामा दिएको उनले बताए । त्यसपछि रास्वपामा गएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘घण्टीका साथीहरुले मेरो घरमा आएर अनुरोध गर्नुभयो ।

दाई उठ्दिनुपर्यो भन्नुभयो । उठेँ, त्यसपछि त्यहाँको वातावरणसँग मलाई चित्त बुझेन । त्यहाँबाट पनि राजीनामा दिएँ । अब एउटा राम्रो टिम बन्न सक्यो भने म फरि राजनीतिमा आउन सक्छु । त्यसै अब हाम फाल्दिनँ । सबैभन्दा मेरो ठूलो गल्ती के भयो भने रास्वपामा गएँ, उठे, त्यहाँबाट पनि छोडेँ । म रास्वपामा जानु नै गल्ती थियो ।’

अब कुनै पार्टीमा जानु अगाडि अध्ययन गरेर, त्यहाँ भएका मान्छेहरुलाई हेरेर, अब राष्ट्रले धोका पाउँदैन, नेपाल आमाले धोका पाउँदिनन् भन्ने निश्चित गरेर मात्रै जाने पनि उनले बताए ।

पूर्व डीआईजी खरेलले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह रास्वपामा नजाने पनि उनले ठोकुवा गरे । उनले आफूले बालेनलाई निर्वाचनको क्रममा २/३ पटक भेटेको स्मरण गराउँदै भने, ‘बालेन शाहको रास्वपामा जाने क्यारेक्टर छैन । जाँदैनन् यो निश्चित छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖