काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् ।
इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् ।
उनले लेखेका छन्, ‘दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न ।
हस बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन ।’
कमेन्टमा शाहकी पत्नी सविना काफ्लेले लेखेकी छन्, ‘हे भगवान् ! अब दुई-तीन दिनलाई पुग्यो ।’
