काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा हालको अवस्थामा चुनाव सम्भव नभएको बताएका छन् ।
उनले जेलबाट भागेका अपराधीहरू पक्राउ नपरेसम्म र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव गर्नै नसकिने दाबी गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार आयोजित एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा शान्ति–सुव्यवस्था अस्तव्यस्त रहेको र सरकारले नियन्त्रण गुमाएको आरोप लगाए ।
