• Tuesday 20th of October 2026

एमालेको घर फर्कन अभियान मजाक मात्र :माधव नेपाल


  • धनकुटा खबर
  • .

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमाले अध्यक्ष केपी शर्मा ओली ले गरेको ‘घर फर्किनुहोस्’ आह्वानलाई मजाकपूर्ण र निरर्थक बताएका छन्। एमालेले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमार्फत पार्टी छोडेका पुराना कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन आग्रह गरेको थियो।

एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई ले भने, “ओलीको दम्भ र वैचारिक अस्पष्टता रहुन्जेल एकता सम्भव छैन।” उनले जोड दिए — “पहिले सैद्धान्तिक दृष्टिकोण मिल्नुपर्छ, अहिले हाम्रो र उनीहरूको सोच, शैली र कार्यक्रम नै फरक छन्। ओलीले अहंकार त्यागेपछि मात्र संवाद सम्भव हुन्छ।”

भट्टराईले ओलीको हालको शैलीलाई ‘अपमानजनक र असहयोगी’ भन्दै आलोचना गरे। उनका अनुसार, ओलीले “झोला बोकेर फर्किनुहोस्” भन्ने ढंगमा बोल्नु एकताका लागि उपयुक्त व्यवहार होइन।

यसअघि एमाले अध्यक्ष ओलीले केन्द्रीय बैठकमा “घर फर्कन आह्वान” गर्दै, पार्टी छोडेर जानेहरू भ्रममा परेका मात्रै भएको र अब एकजुट हुनुपर्ने बताएका थिए। उनले भनेका थिए — “एमाले विशाल छाती भएको पार्टी हो, हिजो गल्ती गर्नेहरूले पनि फर्किन सक्ने वातावरण छ।”

तर समाजवादी नेताहरूले ओलीको यो प्रस्तावलाई “राजनीतिक शो र दम्भ प्रदर्शन” भन्दै अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा, एमालेसँग सहकार्य वा पुनर्मिलनको सम्भावना ओलीले आत्मालोचना नगरेसम्म छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖