काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि घर जाने क्रममा बाटोमा रोकेर केही अज्ञात व्यक्तिहरूले दुर्व्यवहार गरेका छन् ।
सोमबार साँझ सातदोबाटोस्थित एन्फा नजिकै उनीमाथि दुर्व्यवहार भएको ललितपुर प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल नजिकैका सीसीटीभी फुटेजहरू विश्लेषण गर्ने काम भइरहेको जनाएको छ।
