• Monday 19th of October 2026

प्रधानमन्त्री कहाँ कार्यक्रम? सचिवालयको जवाफ: आज टीका पनि छैन!


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री सुशीला कार्कीको आज कुनै सार्वजनिक कार्यक्रम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ।

‘जेन-जी २.०’ नामक समूहले माइतीघर मण्डलमा प्रधानमन्त्रीको उपस्थितिमा दीप प्रज्ज्वलन कार्यक्रम हुने प्रचार गरेपछि सचिवालयले यस्तो सूचना जारी गरेको हो।

प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलका अनुसार, कार्कीले आज कुनै पनि सार्वजनिक समारोहमा सहभागी नहुने र परिवारमै सीमित रही भाइटीका मनाइरहेकी छन्।

रावलले भने, “प्रधानमन्त्रीज्यूको आज कुनै सार्वजनिक कार्यक्रम छैन, उहाँको आज टीका पनि छैन।”

सचिवालयको स्पष्टीकरणले सामाजिक सञ्जालमा फैलिएको भ्रम अन्त्य भएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖