• Monday 19th of October 2026

आकाश ओढेर धर्ती बिछ्याउनेलाई केही कुराले लोभ्याउँदैन :हर्क साम्पांग


  • धनकुटा खबर
  • .

हर्क साम्पांग भन्छन् –

आकाश ओढेर धर्ती बिछ्याउनेलाई केही कुराले लोभ्याउँदैन !

आफैलाई त्यागेर देश खोज्न हिँडेको मान्छे हुँ म ! मलाई केही कुराले रोक्दैन छेक्दैन ! पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थहरुले चिराचिरा पारेको मेरो देश र फुटेको समाजलाई जोड्न आएको एउटा सियो हुँ म !

मलाई देखेर आँखा नचिम्ल, नभाग म देखि पर पर ! तिमी सङ्ग मीत जीवनको लगाउन आएको मान्छे हुँ म ! मेरो आवाज सुनेर कान नथुन तिमी ! तिमी र म, हामी दुवैको देश बनाउन एउटा असल संदेश लिएर आएको छु ! म तिम्रो घरमा आउँदा दैलो / ढोका नथुन्नु तिमी ! रमाइलो चाड जस्तै राम्रा परिवर्तनको बहार लिएर आएको छु म !

सचेतना र संदेश भित्रको समृद्ध देशको सूत्रबीऊ भित्राउनु पर्छ तिम्ले आफ्नो घरमा, परिवारमा र तिम्रो मनमुटुमा !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖