काठमाडौं, ७ कात्तिक – युवा नेता ग्यानेन्द्र शाहीले सुधन गुरुङमाथि लक्षित गर्दै सामाजिक सञ्जालमार्फत तीखो टिप्पणी गरेका छन्।
शाहीले फेसबुकमा लेखेका छन्, “आज माइतीघर मण्डलामा शहीदहरूको फोटो अगाडि भाषण गर्न गएका सुधन दाइ डराएका होइनन् भने चुनौति दिंदै हिँड्नुस्। डराएका त युवा होइनन्, बरु भ्रष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका युवाहरू हुन्, जसलाई सरकारले दमन गर्दैछ।”
उनले थप लेखेका छन्, “Gen Z भाइहरूलाई झुटो भाषण नदिनुस् दाइ।”
शाहीको यो टिप्पणी जेनजेड आन्दोलनसँग जोडिएको र हालै सुधन गुरुङले माइतीघरमा दिएका अभिव्यक्तिप्रति लक्षित रहेको बुझिन्छ। सामाजिक सञ्जालमा शाहीको यो पोस्टले चर्चा पाएको छ र धेरैले यसलाई ‘प्रत्यक्ष चुनौती’का रूपमा व्याख्या गरेका छन्।
