माओवादी केन्द्र र नेकपा (एस)बीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ।
सिद्धान्त, नीति र कार्यदिशामा सहमति जुटाइसकेका दुबै पार्टीले अब नेतृत्व बाँडफाँडको जिम्मा प्रचण्ड र माधव नेपाललाई दिएका छन्।
नयाँ पार्टीको नीति “नेपाली विशेषतासहितको समाजवाद” हुने र नाममा “समाजवादी” शब्द अनिवार्य राखिनेछ।
चुनाव चिन्हबारे निर्णय बाँकी छ तर एकता घोषणाको मिति नजिकिएको छ।
