• Monday 19th of October 2026

सागर ढकालको जवाफ : “एजेन्ट होइन, मेहनतको बलमा अक्सफोर्ड पुगेको हुँ”


  • धनकुटा खबर
  • .

काठमाडौं — सामाजिक सञ्जालमा आफूलाई ‘एजेन्ट’ भनेर आलोचना गर्नेहरूलाई इन्जिनियर सागर ढकालले कडा जवाफ दिएका छन्। उनले आफू कुनै विदेशी स्वार्थ वा एजेन्डाको प्रतिनिधि नभई, आफ्नै मेहनत र योग्यताको बलमा अक्सफोर्ड विश्वविद्यालयसम्म पुगेको स्पष्ट पारेका छन्।

ढकालले आफ्नो फेसबुकमार्फत लेखेका छन्,

“म गुल्मीको गाउँमा जन्मेको, भैंसी र गोरुको बिचमा हुर्किएको मान्छे हुँ। अहिले पनि भाडामा बस्छु, बाइकमा हिँड्छु। घुस नदिई काम गर्न खोज्दा कम्पनी नै बन्द गर्नुपर्‍यो।”

उनले थप लेखेका छन् कि विदेशमा अध्ययन वा काम गर्ने नेपालीहरू अपराधी होइनन्, बरु उनीहरू नै देशको सम्भावना र क्षमताको उदाहरण हुन्।

“नेपाल बनाउने हो भने शिक्षा, विश्वविद्यालय र उद्योगमा सुधार गर्नैपर्छ,” भन्ने उनको भनाइ छ।

ढकालले जनतालाई सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै सबै नेपालीहरूलाई दसैँ–तिहारको शुभकामनासमेत दिएका छन्।

उनको यो पोस्टपछि सामाजिक सञ्जालमा धेरैले समर्थन जनाउँदै “सागर ढकाल जस्ता युवाहरू नै देशको वास्तविक सम्पत्ति हुन्” भन्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖