• Tuesday 20th of October 2026

जेन-जी प्रदर्शनकारीहरु पक्राउ परेपछि एमाले महासचिव पोखरेलको प्रतिक्रियाः माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको लागि मात्रै होइन


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माइतीघरलाई बालेन शाह, सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरुको मात्रै प्रदर्शनस्थल बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

उनले माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै नरहेको पनि बताएका छन् । सरकारले आज प्रदर्शनमा उत्रिएका जेन–जी युनाइटेडका ५० जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो ।

सरकारले उक्त कदमलक्षित गर्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन ।

सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖