हालैको आन्दोलनका संयोजक तथा राजनीतिक नेता दुर्गा प्रसाईंले सरकारद्वारा वार्ताका लागि औपचारिक रूपमा बोलाइएकोमा स्वागत व्यक्त गर्दै भनेका छन्, “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन हो।”
प्रसाईंले थपे, “वार्ता गर्न बोलाउनु मात्र पर्याप्त होइन। राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।” उनले यसअघि घोषणा गरे अनुसार, आन्दोलनको तयारी जारी रहेको जनाएका छन्।
