• Monday 5th of October 2026

यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो,कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो :गायिका एलिना


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका एलिना चौहानले कलाकारहरूले धनभन्दा बढी इज्जत र कदर खोज्ने गरेको बताएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् ।

लामै समय अमेरिका भ्रमण गरेर केही दिनअघि मात्रै स्वदेश फर्किएकी गायिका चौहानले आयोजकलाई लक्षित गर्दै यस्तो बताएकी हुन् । आयोजक कलाकारको मालिक नभई संरक्षक भएको समेत उनले बताइन् ।

उनले लेखेकी छन्,’जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो।कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। नराम्रा अनुभवले धेरै कुरा सिकायो –अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’

यसअघि यही समूहकी कलाकार कला लम्सालले पनि आयोजकसँग निकै आक्रोश पोखेकी थिइन् । साथै उनी बिचमै फर्किएकी थिइन् ।

गायिका एलिना चौहानले लेखेकी छन्-

जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो।
कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। 😔

एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।

कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।

नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् 🙏

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖