काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् ।
गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए ।
देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।
