• Monday 19th of October 2026

एमालेबाहेक सबै निर्वाचनको पक्षमा, त्रिपक्षीय बैठक सकारात्मक रहेको जसपा नेता अधिकारीको भनाइ


  • धनकुटा खबर
  • .

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रकाश अधिकारीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार, राजनीतिक दलहरू र जेन–जी प्रतिनिधिहरूबीच बुधबार भएको त्रिपक्षीय बैठकलाई सकारात्मक भएको बताएका छन्।

उनका अनुसार अधिकांश दल र जेन–जी प्रतिनिधिहरू फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको पक्षमा उभिएका छन्, भने एमालेले मात्र संसद् पुनःस्थापनाको माग अघि सारेको छ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले देश अप्ठ्यारो अवस्थामा रहेको र सबै दलहरूले परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त समाजको चाहना राखेकाले निर्वाचनमार्फत स्थायित्व खोज्नुपर्ने बताए।

उनले २०८४ सालमा हुने निर्वाचन अहिले नै गर्नुपर्ने कारण मतदातालाई बुझाउन आवश्यक रहेको बताए। साथै, जेन–जी आन्दोलनका मागहरू चुनावमा मात्र सीमित नभएको र सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖