• Monday 19th of October 2026

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो । प्रचण्डलाई संयोजक मानेर जानेगरी एकता गर्ने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार कात्तिक २० गतेभित्र एकता घोषणा हुने छ । एकतालाई मूर्तरुप दिनेगरी माओवादीसँग वार्ता गर्न अध्यक्ष यादवको संयोजकत्वमा महासचिव रमेश र सचिवालय सदस्य राजु थापा गरी तीन सदस्यीय वार्ता टोली समेत गठन भएको छ ।

यसैबीच यादवले आफ्नो पार्टीसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र प्रेमबहादुर सिंहको पार्टीबिच समेत एकता हुने दाबी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖