• Sunday 18th of October 2026

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, ‘प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर राष्ट्रघाती भन्दिन्छु’


  • धनकुटा खबर
  • .

काठमाडौं । सहर–गाउँ र डायस्पोरामा चर्चा भइरहन्छ, सुशीला कार्कीलाई प्रधानमन्त्री कसले बनायो ?

एकथरिले भन्छन्, ‘जेनजीले ।’ अर्काथरिले भन्छन्, ‘बाह्य शक्तिले ।’ बहिर्गमित तत्कालीन प्रम केपी ओलीले कार्कीलाई लक्षित गर्दै भन्छन्, ‘जसले बनाएको भए पनि नेपालीले चाहिँ बनाएको होइन ।’

प्रम कार्की आफैंले सम्पादकहरुसँग शुक्रबार खोलिन् :

‘म त प्रधानमन्त्री हुन तयारै थिइनँ । मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको । जेनजी आन्दोलनमा एक जना आफन्तले गोली खायो भनेपछि बुढाले म त सक्दिनँ, तिमी सिभिल अस्पताल जाउ भने । म अभिषेकलाई लिएर त्यहाँ पुग्दा भतिजो त्यहाँ थिएन । ऊ केएमसीमा रहेछ ।

त्यही बेला जताततै गोली खाएका केटाकेटी देखें । एउटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको । उसले मेरै अघि गोली खायो । यहाँ ल्याइपुर्याउँदा प्राण गयो ।’

त्यो दिनको भयावह अवस्था देख्दा जोकोही आक्रोशित हुन सक्थ्यो । म पनि आक्रोशित थिएँ । अरु सबैजना रोइरहेका थिएँ । म पनि रोएँ ।

बाहिर पत्रकार थिए, मलाई सोधिहाले । मैले ज्यानमारा सरकारविरुद्ध कडा बोलें । मलाई के थाहा, आफन्त हेर्न अस्पताल जाँदा देखेको दृश्यले मलाई जेनजीकी आमा बनाइदेला भनेर !

त्यसपछि सबैतिर मेरो खोजी सुरु भयो । शीतल निवासमा बोलाइयो । राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, ‘सबैतिर तिम्रो खोजी भएको छ । प्रधानमन्त्री बन्ने तयारी गर ।’

‘म त बन्दिनँ, मलाई चाख छैन,’ उहाँलाई भनें ।

मलाई मेरा श्रीमान् दुर्गाले पनि प्रधानमन्त्री नबन बन्नुभएको थियो । मैले उहाँलाई त्यही घरसल्लाह सुनाएँ ।

राष्ट्रपतिले निकै जोड गर्दा पनि मैले बन्दिनँ भनेपछि उहाँ थरथरथर गर्दै उभिनुभयो र औंला देखाउँदै भन्नुभयो, ‘यस्तो संकटका बेला पनि प्रधानमन्त्री बनिनौ भने म तिमीलाई राष्ट्र बचाउन नलागेको भनेर राष्ट्रघाती भन्दिन्छु । भोलि नै मिडिया बोलाएर म तिमीलाई राष्ट्रघाती भन्दिन्छु ।’

त्यसपछि म प्रधानमन्त्री बनें ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖