• Sunday 18th of October 2026

एमालेमा फर्कन कुनै आपत्ति छैन, ढोका राम्रोसँग खोल्नुपर्छ : झलनाथ खनाल


  • धनकुटा खबर
  • .

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्।

शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुग्नु भएका नेता खनालले पार्टीलाई पुनर्गठन÷गठन गरेर एकीकृत बनाइने बताएका हुन्। पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उनले बताए।

खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे। केपी शर्मा ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने उल्लेख गरे।

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि आफूहरू छलफलमा जुटेको धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖