• Sunday 18th of October 2026

रवि अब नख्खु कारागारको नाइके हुने लाइनमा छन्: बस्नेत


  • धनकुटा खबर
  • .

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा प्रहार गरेका छन्। शनिबार पोखरामा आयोजित सभामा सम्बोधन गर्दै उनले रविलक्षित टिप्पणी गर्दै भने, “यस्ता खालका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो।”

बस्नेतले लामिछानेमाथि हालै भाइरल बनेको भिडिओको प्रसङ्ग उठाउँदै भने, “रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै छन्, यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर संकेत गरिरहेको भिडिओ सबैले देख्नुभएको छ।”

उनले रविले आफूसँगै १४ हजार कैदीलाई बाहिर निकालेर देशको प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेको दाबी गरे। “उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,” बस्नेतले व्यङ्ग्य गरे।

बस्नेतले पोखरामा भएको क्षतिका लागि पनि लामिछानेलाई जिम्मेवार ठहराउँदै भने, “काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भयो, त्यो पनि रविकै कारणले। यहाँको संसद् हानियो, अदालतमाथि आक्रमण भयो, सबै संरचना ध्वस्त पारियो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖