• Sunday 18th of October 2026

एकसाताभित्र नेकपा एकीकृत समाजवादीसँग एकता हुन्छः प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकसाताभित्र नेकपा एकीकृत समाजवादीसँग एकता हुने जानकारी दिएका छन्।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

उनले एकताका विषयमा जनार्दन शर्माको असहमति भएपनि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सबै कुरा मिल्ने दाबी गरे। बैठक सहज रुपमा सुरु हुँदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैली राम्रो नभएको प्रचण्डले बताए।

उनले पार्टी नेतृत्वविरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖