• Sunday 18th of October 2026

डा. निकोलस भुसाललाई तत्काल पक्राउ गर्न माग


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेका युवानेता राष्ट्रिय युवासंघ नेपालका प्रबक्ता निरोज पौडेलले अभियन्ता डा. निकोलस भुसाललाई तत्काल पक्राउ गर्न सरकारलाई आग्रह गरेका छन्। उनका अनुसार डा. निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकका घरमा आक्रमण गर्ने धम्की दिएका छन्।

पौडेलले सामाजिक संजाल प्रयोग गर्दै भनेका छन्, “डा. निकोलस नामक व्यक्तिले भोलि केपी ओली र रमेश लेखकका घरमा आक्रमण गर्ने आह्वान गरिरहेको छ। यदि सरकारले त्यसलाई नियन्त्रणमा लिएन भने, हामी आफ्नै उपाय अपनाउनेछौं।”

हाम्रो संवादमा उनले थपे,-प्रहरीले तत्काल यस व्यक्तिलाई पक्राउ नगरेको खण्डमा राष्ट्रिय युवा संघ माइतीघर पुगेर उनलाई नियन्त्रणमा लिनेछ र नेपाल प्रहरीले बुझाउनेछ।

पौडेलका अनुसार, कुनै पनि व्यक्तिले आफू वा आफ्नो नेतामाथि हमला गर्ने धम्की दियो भने, राज्यले सुरक्षा नदिएमा उनीहरूले पनि प्रतिवाद गर्न पछि नपर्ने छन्। उनले प्रष्ट पारे, “त्यसैले डा. निकोलसलाई तुरुन्त गिरफ्तार गर्न म आह्वान गर्छु, नत्र भोलि राष्ट्रिय युवा संघले कानूनी प्रक्रियाअनुसार उनको नियन्त्रण लिनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖