काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमा गरेका आपत्तिजनक अभिव्यक्तिपछि आलोचनाको सामना गर्नुपरेको छ। उनले विभिन्न देश र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।
फेसबुकमा केही मिनेटका लागि राखिएको उक्त पोस्ट पछि हटाइए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
उक्त अभिव्यक्तिप्रति समर्थक र विरोधी दुवै खालका प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले बालेनको अभिव्यक्तिलाई ‘अशोभनीय र गैर–जिम्मेवार’ भनेका छन् भने केहीले त्यसलाई ‘राजनीतिक निराशाको परिणाम’का रूपमा व्याख्या गरेका छन्।
शाह यसअघि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा आइरहेका छन्। केही समर्थकहरूले उनको पछिल्लो पोस्टबारे मानसिक अवस्थाप्रतिको चिन्ता व्यक्त गरेपछि उनले उक्त अभिव्यक्ति हटाएको बताइएको छ।
