नेकपा एमालेका नेता विष्णु रिजालले बालेन शाहलाई अविलम्ब गिरफ्तार गर्नुपर्ने माग गरेका छन् ।
हिजो मध्यरातमा बालेनले अश्लील अङ्ग्रेजी शब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेपछि हद नाघेकोले गर्दा उनलाई तत्काल प्रकाउ गर्नुपर्ने नत्र देशमा अराजकता र मुठभेड बढ्ने विष्णुले बताएका छन् ।
विष्णु रिजालले फेसबुकमा लेखेका छन्-
बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।
