• Sunday 18th of October 2026

माओवादी सचिवालय बैठकमा हिजो बोल्नेबित्तिकै निस्किएका जनार्दन आज आएनन्


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ कार्तिक । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा विभिन्न दलसँग एकताबारे ठोस निर्णय लिने भनिएको छ ।

हिजोबाट सुरु भएको बैठकमा संयोजक पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको विषयमा लगभग सहमति भइसकेको ब्रिफिङ गरेका थिए ।

दाहाललगत्तै बोलेका सचिवालय सदस्य जनार्दन शर्माले भने लिखित धारणा राखेका थिए । उनले एकता प्रक्रियालाई तत्काल स्थगन् गर्न भनेका थिए । उनी आफ्नो धारणा राख्नेबित्तिकै बाहिरिएका थिए ।

बाहिर मिडियाकर्मीहरुसँग बोलेका थिए । तर, आजको बैठकमा भने उनी सहभागी छैनन् । माओवादीले विघटित केन्द्रीय कमिटीको बैठक भोलि बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖