• Sunday 18th of October 2026

‘पार्टीलाई बन्धक बनाउन पाइँदैन’ भन्दै कांग्रेस मुख्यालयको गेटमा तालाबन्दी


  • धनकुटा खबर
  • .

ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर-४०) ले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन्।

पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो सुरक्षा घेरा भए पनि प्रदर्शनकारी समूह गेटसम्म पुग्न सफल भएका थिए। उनीहरूले नियमित महाधिवेशन र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

पार्टी कार्यालयको प्राङ्गण प्रवेश गर्न गेट बन्द गरिएपछि प्रदर्शनकारीहरू बाहिरै बसेर नाराबाजी गरिरहेका छन्। उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस्!, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस्!’ लगायतका नारा लगाएका छन्।

नेविसंघ सदस्य भुवन भट्टले आफूहरूले नेपाली कांग्रेस सुधार अभियान चलाएको बताए । नवयुवाको परिवर्तनको आकाङ्क्षालाई नजरअन्दाज गर्न नमिल्ने बताउँदै उनले समयसापेक्ष रूपमा आफूलाई परिवर्तन गर्दै जानुपर्ने जिकिर गरे ।

जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगजनी भएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ । त्यहाँ जाँच नगरी कसैलाई पनि प्रवेश दिइएको छैन।-सुवास श्रेष्ठ/ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖