काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच पार्टी एकताबारे छलफल भएको छ । माओवादीको कार्यालय पेरिसडाँडामा नेताहरूबिच केही बेरअघिबाट छलफल सुरु भएको हो ।
छलफलमा प्रचण्ड र नेपालबाहेक दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी छन् ।
अध्यक्ष नेपाल प्रचण्डसँगको छलफलका लागि सचिवालय बैठक सकेर नेता राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमालसहित पेरिसडाँडा पुगेका हुन् ।
माओवादी, एकीकृत समाजवादीलगायत केही साना वाम समूहहरू यही कात्तिक २० गते पार्टी एकता गर्दैछन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भैसकेको छ ।
कार्यदलसहितको आजको छलफलमा एकीकृत पार्टीको सांगठानिक संरचना कस्तो हुने र को को रहने भन्नेबारे टुंगो लाग्ने नेताहरूले बताएका छन् ।
