• Sunday 18th of October 2026

खनाल र भुसालले बहिस्कार गरे पार्टीको सचिवालय बैठक


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पार्टीको सचिवालय बैठक बहिस्कार गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने विषयलाई लिएर खनाल र भुसालले सचिवालय बैठक बहिस्कार गरेका हुन् । खनाल र भुसाल माओवादीसँगको एकताको पक्षमा छैनन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सम्मानित नेता खनालले स्वास्थ्यको समस्या देखाउँदै बैठकमा नआएको र महासचिव भुसालले भने कुनै जानकारी नगराएको बताए ।

एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता गर्ने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖