• Sunday 18th of October 2026

एमाले हाम्रै घर हो, गेट होस् कि पछाडिको बाटो, फर्कन तयार छौं – किसान श्रेष्ठ


  • धनकुटा खबर
  • .

एकीकृत समाजवादीका नेता र निवर्तमान सांसद किसान श्रेष्ठले आफूहरू एमाले फर्कन तयार रहेको बताएका छन्।

उनका अनुसार, एमाले नेतृत्वसँग छलफल जारी छ र सोमबारसम्म टुंगो लाग्ने सम्भावना छ।

श्रेष्ठले माओवादी केन्द्रसँग एकीकरण नगर्ने र झलनाथ खनाल–घनश्याम भूसालको पुनःगठन अभियानमा पनि सहभागी नहुने स्पष्ट पारेका छन्।
उनले भने, “अब बीचमा अल्झिएर बस्दैनौं, हाम्रो बाटो स्पष्ट छ।”

श्रेष्ठका अनुसार, रामकुमार झाँक्री, अमरबहादुर थापा, वंशिधर मिश्र, होम बुढाथोकी, अर्जुन राईलगायत नेताहरू पनि एमाले फर्कने तयारीमा छन्।

उनले जोड दिए, “एमाले हाम्रो घर हो, कम्पाउन्डबाट छिराउँछन् कि पछाडिबाट, त्यो उनीहरूको कुरा हो।”

श्रेष्ठले आफूहरूलाई पदको लोभ नभएको भन्दै भने, “हामीलाई मीठो बोले पुग्छ, इज्जत गरिदिए पुग्छ।”

यसअघि एकीकृत समाजवादीले माओवादी केन्द्रसहित आठ दलबीच एकता गर्ने निर्णय गरेको थियो, तर श्रेष्ठले भने उक्त एकता प्रक्रियामा सहभागी नहुने जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖