• Sunday 18th of October 2026

पाँच जना डीआईजीमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् ।

बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖