• Sunday 18th of October 2026

नागरिकतामा भएको बुबाले नै टीओबी समूहका सदस्य तेन्जिन दावा लामालाई नचिनेपछि…


  • धनकुटा खबर
  • .

तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको पुष्टि भएको छ। नागरिकतामा उल्लेख गरिएका बुबा र उनले एकअर्कालाई नचिनेसँगै प्रहरी अनुसन्धानले नागरिकता जालसाजी पुष्टि गरेको हो।

प्रहरी परिसर काठमाडौँले आइतबार नागरिकतामा नाम उल्लेख गरिएका बुबा भनिएका व्यक्तिलाई कार्यालयमा झिकाएर तेन्जिनसँग भेट गराएको थियो। तर दुवैजनाले एकअर्कालाई नचिन्ने बताएपछि प्रहरीलाई नागरिकता जालसाजीमा थप प्रमाण मिलेको हो। नागरिकतामा हजुरबुवाको नाम तेन्जिङ लामा र बुबा कृष्णबहादुर लामा उल्लेख गरिएको छ।

तेन्जिनले काठमाडौं महानगरपालिका–६ को ठेगानासहितको जन्मदर्ता र नागरिकता पेश गरेका थिए। तर वडा कार्यालयले ती विवरण नपाएको भन्दै प्रहरीले ती कागजात नक्कली भएको निष्कर्ष निकालेको छ।

यसअघि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेका उनलाई अहिले लागुऔषध र लिखत कीर्तेको कसुरमा समेत मुद्दा थपिएको छ। उनको कोठामा प्रहरीले गाँजा फेला परेको दाबी गरेको छ।

प्रहरीका अनुसार, जेनजी आन्दोलन हिंसात्मक बनाउन टीओबी समूहको पनि भूमिका देखिएको छ। उक्त समूहका सदस्यहरू निषेधित क्षेत्र तोड्दै मोटरसाइकलसहित सडकमा उत्रिएको भिडिओ पनि सार्वजनिक भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖