काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेकपासहितको एकता प्रक्रियामा सहभागी नहुने निर्णय सुनाएका छन्।
आइतबार प्रचण्डको निवासमा भेट गर्न पुगेका शर्माले भने, “अहिले तपाईँहरूसँग आउँदिन, आफैं संघर्ष गर्छु, प्रचण्डबिना मलाई के अप्ठ्यारो पर्दो रहेछ म पनि हेर्छु,” भन्ने भनाइ स्रोतले उद्धृत गरेको छ।
शर्माले प्रचण्डलाई थप्दै भनेका थिए, “तपाईँले पनि म बिना कस्तो हुन्छ महसुस गर्नुस्, पछि आवश्यक पर्यो भने मिलौँला, अहिलेलाई बिदा भएँ।”
यसअघि सचिवालय बैठकमा पनि शर्माले एकता प्रक्रिया तत्काल स्थगित नगरे आफू सहभागी नहुने चेतावनी दिएका थिए। उनले माओवादी आन्दोलनको पहिचान मेट्ने गरी हुने एकता अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
शर्माले प्रस्तुत गरेको लिखित प्रस्तावमा भनिएको छ, “एकता प्रक्रिया तत्काल स्थगित गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडलाई आह्वान गर्दछु।”
#JanardanSharma #Prachanda #NepalPolitics #MaoistCentre #PoliticalUpdate #NepalNews
