• Sunday 18th of October 2026

योगेशले दिए ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिए भने “महापराजय” भोग्नुपर्ने चेतावनी


  • धनकुटा खबर
  • .

नेकपा एमालेका सचिव योगेश भट्टराई ले पार्टीका अध्यक्ष केपी शर्मा ओली लाई आगामी ११औँ महाधिवेशनमा प्रतिस्पर्धामा नउत्रिन आग्रह गरेका छन्। उनले ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिए भने “महापराजय” भोग्नुपर्ने चेतावनी दिएका छन्।

एक युट्युब अन्तर्वार्तामा बोल्दै भट्टराईले भने, “यदि ओलीजी हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने त्यो उहाँको महापराजय हुनेछ। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु, उहाँ जितेरै जानुहोस्।” उनले ओलीलाई आफ्नै स्थापित मान्यता — ७० वर्षको उमेर र दुई कार्यकालको सीमामा बस्न आग्रह गरे।

भट्टराईले ओलीले अब स्वेच्छिक अवकाश लिई आदर्श कायम गर्नुपर्ने भन्दै भने, “यदि उहाँले आफ्ना मान्यतामा अडान लिनुभयो भने लाखौँ फलोअरहरू थपिनेछन्, घरघरमा उहाँको सम्मान हुनेछ।” एमालेले आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा ११औँ महाधिवेशन गर्ने तयारी गरेको छ, जहाँ नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ।

जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको आवाज उठाउँदै आएका योगेश भट्टराईले ओलीपछि नयाँ पुस्ताको नेतृत्व आउनुपर्ने धारणा सार्वजनिक रूपमा प्रस्तुत गर्दै आएका छन्। यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवारी नदिएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि संभावित प्रतिस्पर्धीका रूपमा अगाडि आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖