• Sunday 18th of October 2026

महेशको व्यङ्ग : प्रचण्ड–माधवको एकता कुकुर–बिरालो र लोमडीको भेटजस्तै


  • धनकुटा खबर
  • .

काठमाडौं — नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसँगको सहमतिलाई व्यङ्ग गर्दै कुकुर–बिरालोको गठबन्धन जस्तो भएको टिप्पणी गरेका छन्।

उनले प्रचण्ड, माधव नेपाललगायत ७–८ दलहरूको एकतालाई कुकुर, बिरालो, घोडा, गधा, लोमडीको भेटजस्तै भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, “अगर एक ही घाट पर कुत्ता, बिल्ली, घोड़े, हाथी, गधे, लोमड़ी सब एकसाथ पानी पी रहे हैं, तो समझ लेना कि दूसरे घाट पर शेर अकेला खड़ा है।”

महेशले यसमा संकेत गर्दै शेर को हो भन्ने कुरा पाठकले आफैं बुझ्न सक्ने उल्लेख गरेका छन्, जसले ओलीतर्फ सङ्केत गरेको बुझिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖