• Sunday 18th of October 2026

ओली नेतृत्वको तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत थियाे: एमाले उपाध्यक्ष पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा वर्तमान राजनीतिक समस्याको सामाधान संविधानभित्रैबाट खोजिनुपर्ने बताएका छन् ।

एमाले रूपन्देहीको विस्तारित बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले प्रतिनिधिसभाको पुनःस्थापनामार्फत नै संविधान लिकमा ल्याउन सकिने एमालेले सकारात्मक दृष्टिकोण अघि सारेको बताए ।

सामाजिक सञ्जाल हरेक मानिसका लागि पन्छ्याउनै नसक्ने जीवनको यथार्थ अङ्ग बनिसकेको वास्तविकतालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बुझ्न नसक्नु कमजोरी रहेको औंल्याउँदै उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने आन्दोलनमा घुसपैठ गरेर देसव्यापी आगजनी, आक्रमण भएको बताए ।

नेता पौडेलले एमालेको ११औँं महाधिवेशन एकताको महाधिवेशन बनाउने र नयाँ उचाइको एकता बनाउने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖