• Sunday 18th of October 2026

थापालाई सिटौलाको प्रश्न – फेसबुकबाट सभापति छान्ने हो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई फेसबुकबाट पार्टी सभापति छान्ने हो भन्दै प्रश्न गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सिटौलाले थापालाई प्रश्न गर्दै भने, ‘सामाजिक सञ्जाल फेसबुकमा लेखेर पार्टी कब्जा गर्न खोजेको हो ? फेसबुकबाट सभापति छान्ने हो ।’

सिटौलाले महामन्त्री थापालाई फेसबुकमा नेतालाई गाली गर्ने सचिवालय बन्द गर्न पनि चेतावनी दिए । आफ्नो चरित्र नसुधारे प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने सिटौलाले बताए ।

आफूले गर्नुपर्ने कुरा बैठकमा भित्र राख्न र बाहिर सामाजिक सञ्जालमा छताछुल्ल अवस्थामा नराख्न सिटौलाले सुझाए । ‘आफ्नो चरित्र सुधार्नुस् । भित्र नबोल्ने, बाहिर गएर फेसबुकमा लेख्न लगाउने ? के पारा हो,’ सिटौलाले भने, ‘तपाईं आफू महामन्त्री हो भन्ने कुरा थाहा छ कि छैन ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖