• Sunday 18th of October 2026

भीम रावल पनि एकतामा आउने कुरा अन्तिम चरणमा छ : प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्ने क्रममा रावललाई पनि समेट्ने प्रयास भइरहेको जानकारी गराएका हुन् ।

‘माओवादीको यो अन्तिम बैठक हो । भोलि ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन्’, प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘भीम रावलजी पनि भोलिको एकतामा सामेल हुने कुराको अन्तिम चरणमा छन् ।’

बैठकमा प्रचण्डले यो एकताले समाजवादी क्रान्तिको युगतिर लैजाने युगिन पहल भएको बताएका छन् ।

बुधबार माओवादी केन्द्र,एकीकृत समाजवादीसहितका कम्युनिष्ट पार्टीहरूबिच एकता हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖