• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विमान दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल विमानस्थल नजिक एक युपिएस कार्गो विमान दुर्घटना भएको छ।

संघीय विमान प्रशासन (एफएए) का अनुसार एमडी–११ मोडेलको यो विमान स्थानीय समय अनुसार मङ्गलबार साँझ ५ बजे उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाग्रस्त युपिएस फ्लाइट २९७६ हवाईको होनोलुलुस्थित ड्यानियल के. इनोए अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।

विमानमा तीन जना चालक दलका सदस्य रहेको युपिएसले जनाएको छ। कम्पनीका अनुसार हालसम्म कुनै मृत्यु वा घाइतेबारे पुष्टि भएको छैन।

दुर्घटनाग्रस्त विमान सन् १९९१ मा निर्मित एमडी–११एफ मोडेलको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖