• Sunday 18th of October 2026

राहुल शाहले शेरबहादुर देउबालाई भीडबाट बचाए


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनको दिन युवा राहुल शाहले शेरबहादुर देउबालाई भीडबाट बचाएको घटनाबारे खुलेर बोलेका छन्। उनले भने, त्यो दिन आफूले जो देखे र गरेको मानवीय कदमबारे स्पष्टता दिन चाहेका हुन्।

राहुलका अनुसार, “म २४ गते देउबाको घर पुगेँ — त्यहाँ मानिसहरूले देउबालाई कुटपिट गरिरहेका थिए। त्यहाँका मानिसहरूमा कुनै मानवता थिएन। मैले देउबाको टाउको फुटेको देखेँ। शरीर र लुगामा रगतै रगत देखिन्थ्यो। अनि मलाई बचाउनु पर्छ भन्ने लाग्यो र जोखिम लिएर उहाँलाई सहयोग गरेँ।”

उनले सोही क्रममा केहीले आरोप पनि लगाएको सुनाए — “कतिले भने: पैसा खाएर देउबालाई बचायौ, किन बचायौ?” तर राहुलले ती आरोप अस्वीकार गर्दै भने, “म त्यहाँ विशुद्ध मानवताको नाताले सहयोग गर्न गएको थिएँ। देउबाको ठाउँमा अरू कोही भएको भए पनि त्यसरी नै बचाउने थिएँ।”

राहुलले जेनजी आन्दोलनको उद्देश्यसम्बन्धी आफ्नो धारणा पनि सार्वजनिक गरे: “जेनजी आन्दोलनको उद्देश्य नेतालाई घाइते बनाउने वा कुट्ने थिएन। कुटेरै हुने भए त कानुन किन चाहियो र?” उनले देउबालाई त्यो दिन बचाउन पाएकोमा आफू खुसी लागेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖