• Sunday 18th of October 2026

एमालेमा फर्किदै झाँक्री समूह, पत्रकार सम्मेलन गरेर ओलीलाई भेट्न जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक १९ । नेकपा (एमाले) मा फर्किने तयारी गरिरहेकी नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको समूहले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै छ। झाँक्री समूहले अहिले बिहान १० बजे होटल बसेरा बबरमहलमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

‘विकास र समृद्धिको मार्गमा अगाडि बढ्न हामी लिने बाटो कस्तो हुन्छ भन्ने सन्दर्भमा विचार, विमर्श गर्न, नेकपा एकीकृत समाजवादीमा आबद्ध क्रान्तिकारी साथीहरूले पत्रकार सम्मेलनको आयोजना गरेका छौँ’, उनले जानकारी गराएकी छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध गरी विचार, विमर्श गर्न लागिएको उनको भनाइ छ।

एकीकृत समाजवादी माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकसँग एकतामा जाने भएपछि उनीहरू आफ्नो पुरानै पार्टी एमालेमा फर्किन लागेका हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज दिउँसो १ बजे पार्टी एकता घोषणा हुँदै छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖