• Sunday 18th of October 2026

नख्खु कारागारबाट सिंहदरबार आइपुगे रवि


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारमा ल्याइएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्ने बनेको जाँचबुझ आयोगले बयानका लागि उनलाई सिंहदरबारस्थित कार्यालयमा झिकाएको हो ।

सरकारले भदौ २४ र २४ गतेको घटना छानविनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । लामिछाने जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते जेलबाट बाहिर निस्किएका थिए । लामिछाने जेलबाट बाहिर निस्किएपछि धेरै कैदीबन्दीलाई भाग्नका लागि प्रेरणा मिलेको सरकारको आँकलन गरेको छ ।

लामिछाने सहकारी ठगी प्रकरणको मुद्दाको पुर्पक्षको क्रममा थुनामा छन् । नख्खु कारागारमा रहेको बेला असुरक्षाको कारण देखाउँदै उनलाई बाहिर निकालिएको थियो । नख्खु कारागारबाट बाहिर निस्किएका लामिछाने परिस्थिति सामान्य भएपछि आफैं कारागार फर्किएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖