काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन जी आन्दोलनसम्बन्धी अनुसन्धानका लागि सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा ल्याइएपछि उनकी श्रीमती निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले लामिछानेलाई आज बयानका लागि बोलाएको हो। अहिले सिंहदरबारमा रवि लामिछानेको बयान जारी रहेको स्रोतले जनाएको छ।
निकिता पौडेल आयोग परिसरमा पुगेपछि केही समय बाहिर प्रतीक्षा गरेकी थिइन्। सिंहदरबार परिसरमा अहिले सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।
जाँचबुझ आयोगले जेन जी आन्दोलनका क्रममा भएका गतिविधि र राजनीतिक संलग्नता सम्बन्धी विस्तृत विवरण संकलन गरिरहेको छ।
