• Sunday 18th of October 2026

झलनाथ नेपाली कम्युनिष्ट पार्टीमा आउँदा वामदेवलाई घाटा


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ कात्तिक । विभिन्न १० वाम घटकहरुको एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीमा झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

आज (बुधबार) विहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुसँग झलनाथको छलफल भएको थियो । सो क्रममा उनलाई नेपाली कम्युनिष्ट पार्टीको तेस्रो वरियता दिने विश्वास दिलाइएपछि झलनाथ एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा झलनाथले तेस्रो वरियता पाएसँगै वामदेव गौतम भने पछाडि परेका छन् । यसअघि गौतमलाई तेस्रो वरियता दिने तयारी भएको थियो ।

माओवादीसहित विभिन्न् १० वाम घटकहरुबीच हुन लागेको एकतामा निरन्तर असन्तुष्टि जनाउँदै आएको झलनाथ अन्ततः प्रचण्ड र माधव नेपालकै पछि लागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖