विवेकशीलकी संस्थापक रञ्जु दर्शनाले नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको खुलासा गरेकी छिन्।
उनका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं मेयर बालेन शाह र पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठसँग छलफल भइरहेको छ।
नयाँ दलमा साझा विवेकशीलका नेता र शुभेच्छुकलाई समेत समेट्ने तयारी गरिएको बताइएको छ।
पार्टीको नाम र केन्द्रीय कमिटीको आकार अझै टुंगोमा पुगेको छैन।
