काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले “बक्यौता नतिरेसम्म लाइन नजोड्ने” चेतावनी दिएपछि उद्योगीहरूमा हल्लाखल्ला सुरु भएको छ। प्राधिकरणले कडाइ गरेपछि अहिले उद्योगीहरू भकाभक पैसा तिर्दै छन्।
विद्युत् प्राधिकरणका अनुसार हालसम्म १० उद्योगले पहिलो किस्ताबापतको रकम बुझाएका छन् र ती उद्योगमा काटिएको बिजुली लाइन पुनः जडान गरिएको छ। तर, अझै १५ उद्योगले बक्यौता तिरेका छैनन् र तिनीहरू अझै अन्धकारमै रहेका छन्।
प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमा जोडिएका उद्योगहरूलाई २८ किस्तामा रकम तिर्ने सुविधा दिएको थियो। कुलमानले भने, “यो पटक कसैलाई छुट छैन, तिर्नेहरूले मात्र बिजुली पाउँछन्।”
यसअघि बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरूको लाइन काटेपछि उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्की भेटेर दबाब दिएका थिए। त्यसपछि भएको सहमतिअनुसार, पहिलो किस्ता बुझाएपछि मात्रै लाइन पुनः जोड्ने निर्णय भएको हो।
अब बिजुलीको लाइन जस्तै, उद्योगीहरूको पनि अनुशासन ‘फेरि जोडिँदै’ गएको देखिन्छ। ⚡
